भौतिक पूर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

1.26K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् ।

आइतबार संघीय ससद भवन परिसरमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भइरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरू भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरूको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन । भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिकर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।
यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमन्ड नगर्न चेतावनी दिए । उनले कांगे्रस डलरवादी संगठन भएको आरोप पनि लगाए ।