म्यानमारसँग बराबरीमा रोकियो नेपाल
वि.सं.२०८१ फागुन ११ आइतवार १९:५८
1.69K
shares
shares

काठमाडौं । काठमाडौंमा सम्पन्न फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।
दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गरेको हो । योसँगै नेपाल र म्यानमारले १-१ अंक बाँडेका छन् ।
खेलमा लगातार दुई पटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। नेपालका लागि सबिता रानामगर र साबित्रा भण्डारी साम्बाले गोल गरे ।













