प्रहरी कुट्ने विद्यार्थी नेता धरौटीमा छुटे

1.09K
shares

काठमाडौं । मध्यराति डयुटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने विद्यार्थी नेताहरु धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।

अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।