नवलपरासी पश्चिमा दुई समूहबीच झडप, २० जना घाइते

1.12K
shares

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन् ।

दुई घण्टापछि नियन्त्रणमा आएको झडपमा परी ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय घाइते भएका हुन् ।

प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको थियो ।

झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्।

अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन गरिएको छ ।