भूमि अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी
वि.सं.२०८१ फागुन १६ शुक्रवार १७:५७
1.14K
shares
shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धि अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रवार काठमाडौं भएको अध्यादेशबारे विज्ञसँग छलफल कार्यक्रममा उनले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका हुन् ।
उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए ।













