नयाँ बानेश्वरमा भएको झडपमा डीएसपी घाइते

949
shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा झडपमा परि डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका हुन् ।

डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।