बानेश्वरमा डीएसपी घाइते भएको केही घण्टामै टोखामा चल्यो गोली, १ जना घाइते
वि.सं.२०८१ फागुन १८ आइतवार १९:२०
1.18K
shares
shares

काठमाडौं । काठमाडौंको बानेश्वरमा झडप भएर प्रहरीका एकजना डीएसपी घाइते भएको केही घण्टामा नै टोखामा गोली चलेको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखामा गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तीन राउण्ड गोली चलाइएकोमा एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको प्रहरी स्रोतले बताएको छ ।
घाइते पटेललाई अहिले अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।













