पूर्वयुवराज पारश शाह विरामी, अस्पताल भर्ना
वि.सं.२०८१ फागुन १९ सोमवार १४:४९
2.21K
shares
shares

काठमाडौं । पूर्वयुवराज पारश शाह अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि आइतबार बेलुकी नर्भिक अस्पताल भर्ना भएका हुन् ।
उनको अहिले उपचार जारी रहेको छ । अस्पताल स्रोतका अनुसार शाहलाई मुटुसम्बन्धी समस्या देखिएको छ ।
शाहलाई यसअघि पनि विभिन्न समयमा गरी तीन पटक हृदयाघात भएको थियो।













