नेताहरूको साँठगाँठमा व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केबलकार’ पक्ष आन्दोलनमा

1.25K
shares

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

राज्यको मानवता विरुद्धको अपराध फुङलिङ काण्डको ब्यानरमा नो केबुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत् जनप्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले आफ्नो अनुहारमा नो केबुलकार, भूमि हमार हक भन्ने नाराहरू लेखेका थिए ।

नो केबुलकार पक्षको समर्थनमा गएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मुक्कुमलुङलाई व्यापारीहरूको केन्द्र बनाउन खोजिएको बताए ।

उनले भने, ‘राज्यसत्ता आफैले नेपालको परम्परामाथि हस्तक्षेप गरिरहेको छ । मुक्कुमलुङलाई नेताहरूको साँठगाँठमा व्यापारीहरुको केन्द्र बनाउन खोजिएको छ । यो देश पिछाडिएको कारण देश चलाउनेहरूको भष्ट्रपनले हो ।’

यस्तै प्रदर्शनकारी अर्नुप चौधरीले राज्यसत्ताले आदिवासी, उत्पीडित वर्गको अनुहार पनि हेर्न नचाहेको र आवाज पनि नसुनेको भन्दै प्रतिरोधको रुपमा अनुहारमा नो केबुलकार भन्दै लेखेको बताए ।