अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

1.96K
shares

काठमाडौं । राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेको छ । उनीहरूले अमेरिकाले चालेका कदमहरूको विरुद्ध प्रदर्शन गरेका हुन् ।

मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔँ !’ भन्ने मूल नाराका साथ प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरू मिलेर बनेको हो ।