समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री लेखक
वि.सं.२०८१ फागुन २२ बिहीवार १८:५१
shares

डडेलधुरा । गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफिर्किने बताएका छन् । बिहीबार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘देशमा गणतन्त्र आइसकेको छ,केही साथीहरूले राजतन्त्र पुनर्स्थापना कुरा गरिरहनुभएको छ ।’
गृहमन्त्री लेखकले थप भने, ‘लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडि होइन अगाडी बढ्ने हो ।’
त्यसै गरी, उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे । जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे ।













