अर्थ समितिको बैठक बस्दै
वि.सं.२०८१ फागुन २३ शुक्रवार ०८:०७
1.08K
shares
shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शुक्रबार अर्थ समितिको बैठक बस्दैछ ।
बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।













