राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा, सांसद शाही र सिंह उपस्थित हुने

936
shares

मकवानपुर  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही  फागुन २९ मा थाहानगर आउने भएका छन् ।

थाहा नगरपालिकामा आयोजना हुन लागेको राप्रपा थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह थाहा नगरपालिका आउने कार्यक्रम रहेको राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङले जानकारी दिए ।

२९ गते शिखरकोटमा राप्रपाको दोस्रो नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला सदस्य दिपक थापाले जानकारी दिए ।