पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं ओर्लिए
वि.सं.२०८१ फागुन २५ आइतवार १६:२३
1.03K
shares
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । उनी केहीबेर अघि मात्रै त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।
पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा आएका पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ ।













