रुपन्देहीमा पनि बुझे रविले तारेख
वि.सं.२०८१ फागुन २६ सोमवार १५:३५
1.29K
shares
shares

काठमाडौं । तारेख बुझ्न रुपेन्देही जिल्ला अदालत रुपन्देही पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्को तारेख वैशाख २३ गतेलाई दिइएको छ ।
बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।
अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए ।













