इतिहासको रथ पछाडि फर्किँदैन, निरंकुश शासन सहन सकिँदैन ः नेपाल

1.2K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् ।

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात् उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगति, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए ।

उनले भने, ‘सिध्याउन खोज्ने कुनै पनि प्रवृत्ति निन्दनीय छ, अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन । इतिहासले यो कुरा भनी सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जाँदैन ।’