पूर्वराजाको उक्साहटमा संविधान विपरीतका गतिविधि भइरहेका छन् : बर्तौला
वि.सं.२०८१ फागुन २७ मंगलवार १४:१२
shares

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा संविधान विपरीतका गतिविधि भइरहेको आरोप लगाएको छ ।
मङ्गलवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागीताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधान विपरीतका गतिविधि भइरहेको आरोप लगाएका हुन् ।
उनले मुलुकको राष्ट्रिय गानलाई समेत अवमूल्यन गर्ने लगायतका राष्ट्रहित विपरीतका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।
राजावादीको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको समेत पोष्टर समावेश गर्नु राष्ट्रहित विपरीतको कार्य भएको उनले बताए
उनले लोकतन्त्रको विकल्प राजतन्त्र वा निरंकुशतन्त्र हुन नसक्ने भन्दै संग्रहालयमा थन्किएको राजतन्त्रले मुलुकमा शासन चलाउने सपना देख्ने वा देख्न लगाउने काम स्वीकार्य नभएको धारणा राखे ।













