रास्वपा सचिवालय बैठकले गर्यो केन्द्रीय समिति बोलाउने निर्णय

1.27K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेपनि मिति र समय भने तय गरेको छैन ।

त्यस्तै, आजको बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।