एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

728
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत ¥यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन समेत भनिएको छ ।