कांग्रेस पदाधिकारी बैठक बस्दै

962
shares

काठमाडौं  । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ ।

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएका हुन् ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।