२५ करोड रुपैयाँसहित लामा पक्राउ
वि.सं.२०८१ चैत ५ मंगलवार १४:३६
1.31K
shares
shares

काठमाडौं । २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले उनलाई काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
उनीमाथि थप अनुसन्धान जारी छ ।











