धनपालथानको आगलागीमा अस्ताइन चार वर्षीया रेश्मा

  • मोरङ । मोरङको धनपालथान गाउँपालिकाको एउटा मुस्लिम टोलमा आगलागी हुँदा एक जना बालिकाको ज्यान गएको छ ।

    वडा नं ७ स्थित कदमा मुस्लिम टोलमा भएको आगलागीमा स्थानीय मोहम्मद हनिफको ४ वर्षीया छोरी रेश्मा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धान रहेको जानकारी दिए । आगलागीबाट टोलका ९ घर जलेर नष्ट भएका छन् ।

    आगलागी नियन्त्रणका लागि रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका दमकलका साथै स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालित भएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation