रौतहट एसइई परीक्षा: ४ सय २४ थान मोबाइल बरामद

1.29K
shares

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोबाइल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरूले आफ्नो शरीरमा

मोबाइल लुकाइ छिपाई परीक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो । परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार राय बताए ।

उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरू बाट केही रकम लिही परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो ।

मौलापुर परीक्षा केन्द्रमा बाहिर बाट चिट पुर्‍याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिही अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।