वीरेन्द्र बस्नेतको दाबी : कृषिबाट मात्र समृद्धि सम्भव छ
वि.सं.२०८१ चैत ८ शुक्रवार १८:३५
shares

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले कृषिले मात्र मुलुकमा समृद्धि ल्याउने दाबी गरेका छन् ।
शुक्रवार आरजु राइस मिलले कृषकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले खाद्यान्न बालीको उत्पादनमा वृद्धि भएपछि मात्र समृद्धि सम्भव भएको बताएका हुन् ।
उनले भने, ‘नेपालमा अबको समृद्धि भनेको कृषिबाट सुरु नभई समृद्धि हुँदैन । कृषि भनेको किसानको खेतलाई अधिकतम प्रयोग गर्ने खाद्यान्न बालीको उत्पादन वृद्धि हुन पर्यो । त्यसपछि मात्रै समृद्धि हुन्छ । नेपालको समृद्धिपछि मात्र रोजगारी सृजना हुन्छ । सोही अभियानका लागि धेरै मेहनत गरेका हौँ । २२ वर्षदेखि भिडिरहेका छौँ र २० औँ करोड नै खर्च गरिसकेका छौँ ।’
त्यस्तै उनले बुद्ध एयरलाई भन्दा बढी समय आफूले कृषि सम्बन्धी अभियानलाई दिएको पनि बताए ।
मिलको स्थापना उद्देश्य कृषकहरूलाई धानको उचित मूल्यमा विक्री गर्न सहयोग पुर्याउनु र कृषि उत्पादनलाई समृद्धितर्फ डोर्याउने भएको भन्दै उनले आरजु राइस मिलले धानको उत्पादन र प्रशोधनमा उत्कृष्टता राख्न आफ्नो दक्षता र प्रविधिको उपयोग गरेको पनि बताए ।












