नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुनेछ ।

    बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation