पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

1.61K
shares

काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा   संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुने कार्यसूची छ ।