कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरिएको निर्णय सार्वजनिक
वि.सं.२०८१ चैत १२ मंगलवार १७:४१
1.37K
shares
shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देश कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।’













