न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

  • जनकपुर ।  जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् ।

    बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । १२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन् ।

    चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए ।

    छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

    यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation