संसदको दोस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोध कायमै

1.55K
shares

काठमाडौं । संसदको दोस्रो बैठकपनि विपक्षी दलहरुले अवरोध कायम राखेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका हुन् ।

आजै यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।

लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।