कुलमान पुगे सर्वोच्च

1.24K
shares

काठमाडौं । कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त गरिएपछि उनी त्यसविरुद्ध सर्वोच्चमा पुगेका हुन् ।

कुलमानले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गरेका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।