हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
वि.सं.२०८१ चैत १६ शनिवार ०७:३२
1.18K
shares
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा लगाएको कर्फ्यु हटेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।













