आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै
वि.सं.२०८१ चैत १७ आइतवार ०८:०६
shares
during captains briefing and photo op prior to the start of the Indian Premier League 2025 held at the Cricket Centre Wankhede Stadium and the Taj Chambers, Mumbai, India on the 20th March 2025 Photo by; Vipin Pawar / Sportzpics for IPL
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।
पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको थियो ।
जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।
गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो भने मुम्बईको यो लगातार दोस्रो हार हो ।












