प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
वि.सं.२०८१ चैत १८ सोमवार ०९:५७
1.16K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ । बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ ।













