ऐतिहासिक एवं पुरातात्त्विक बछलेश्वरीको जात्रा सम्पन्न

  • काठमाडौं । काठमाडौँको पाशुपत क्षेत्रमा मनाईने ऐतिहासिक एवं पुरातात्त्विक बछलेश्वरीको जात्रा सम्पन्न भएको छ ।

    गत चैत गते दुःदुः च्याँच्याँ (निमन्त्रणा) सहित १३ गतेबाट पशुपतिनाथका प्रमुख भट्टले सिन्दुर अर्पण गरेर शुरूवात भएको जात्राको सोमबार साँझ भट्टले सिन्दुर अर्पण गरेर जात्राको समापन गरेका हुन् ।

    गत बुधबार बज्रेश्वरी मन्दिरमा देशोद्वार पुजा चार वर्णका प्रतिनिधि सहित बली पुजा गरीएको हो भने, बिहिबार बछलेश्वरी देवीको देशोद्वार पुजा गरिएको अमालकोट कचहरीका द्वारे राम कृष्ण डंगोलले बताए ।

    उनले, सोही दिन बज्रेश्वरी मन्दिरमा (कुम्हमचा) कन्या पुजा, शुक्रबार पाँहाचह्रे बछलेश्वरी मन्दिरमा पशुपतिनाथबाट बली पुजा बज्रेश्वरीमा बलीपुजा गरी बछलेश्वरी मन्दिरमा (कुम्हमचा) कन्यापुजा गरी पाँहाचह्रे दुनिया पुजा सकेपछि बज्रेश्वरीको हरिजन टोलमा रथयात्रा, पशुपतिनाथ तथा जयवागेश्वरी, तलेजुभवानीबाट पुजा गरी बछलेश्वरी देवीलाई बली पुजा गरी बछलेश्वरी देवीमा कन्याकुमारी, आकाश भैरव, महादेवपार्वतीको मूर्ति बछलेश्वरी माताको मन्दिरमा लगिने बताए ।

    उनले, शनिबार हरिजन टोलबाट बज्रेश्वरीको रथ इट्टापाखा ल्याई रथारोहण गरी साँझ जात्रा समापन पश्चात् राति श्री बछलेश्वरीको जात्रा तथा आकाश भैरवको जात्रा शुरूवात हुने बताए ।

    त्यसपश्चात, ‘बछलेश्वरीको देवीको रथ पशुपतिनाथको ढोकामा दुई ठक्कर लगाई द्वारेले सिन्दुर चढाउने र रथलाई अमालकोट कचहरी ल्याइन्छ । उक्त दिन नक्साल भगवतीको रथयात्रा पशुपतिनाथमा ढोगाई अमालकोट कचहरीको डवलीमा ल्याई ढोगाए पछि पशुपतिनाथको मुल ढोकामा तीन ठक्कर लगाई श्रीका पुजारीले सिन्दुर चढाई मुल डवलीमा राखिने ।’ द्वारेले बताए ।

    सोही दिन बछलेश्वरी देवीको प्रतिमूर्ती तथा आकाश भैरवको देउतालाई गुठि घरमा लगि जात्रा समापन हुने बताए ।

    “यो जात्रा पशुपतिनाथ सहित माता पार्वती बछलेश्वरी र गणेस्थान सहित शक्तिको प्रतिकका रूपमा स्थापित रहेको“, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले बताए । उनले, यो जात्रा करिव १९३६ बर्ष अगाडिबाट सञ्चालन रहेको संगतले बताए ।

    विशेषगरी अमालकोट कचहरीले सञ्चालन गर्ने जात्राको शुरूवात काठमाडौँ उपत्यकामा यो जात्रा शुरूवात नभई अरू जात्रा पर्व सञ्चालन÷शुरूवात नहुने गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation