६ वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
वि.सं.२०८१ चैत २१ बिहीवार ०७:५६
1.04K
shares
shares

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ ।
आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।
सबै बैठक बिहान ११ देखि साढे ११ को बिचमा सिंहदरबारमा सुरु हुनेछन् ।













