पक्राउ परे रवि लामिछाने- जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा, ठूलो अन्याय भएको गुनासो

1.76K
shares

काठमाडौं । शुक्रवार राति पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा लैजाने तयारी भएको छ । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ ।

पक्राउ पूर्जीबिना नै बेडरुमबाट पक्राउ गर्न खोजिएको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन् । यस्तै उनले आफू रहेपनि नरहेपनि घण्टी चुनावचिह्नमा मतदान गर्न अपिल गरेका छन् ।

प्रहरीले अन्तिम इच्छा के हो भनेर सोधेपछि रविले यस्तो प्रतिक्रया सामाजिक सञ्जालबाट दिएका हुन् ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।