डाक्टरहरूले काठमाडौंमा प्रदर्शन गरे

2.21K
shares

काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले आइतबार माइतीघरमा धर्नाका साथै विरोध प्रदर्शन गरेका हुन् ।

आवासीय डाक्टरहरूले स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागू गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, आयोगको निर्णय नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीले सरकारबाट पास भइसकेका विषयलाई ४८ हजार तलब दिनुपर्नेमा केवल १९ हजार ८ सय मात्रै ४८ हजार दिएकाले आफूहरूको श्रम शोषण भएको बताए ।

उनले सरकारको निर्णय लागू हुनुपर्ने र आफूहरूमाथिको श्रम शोषण अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।