राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
वि.सं.२०८१ चैत २५ सोमवार १०:२१
1.86K
shares
shares
xr:d:DAFbpsAE51M:2951,j:5160411082279996884,t:23121001
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने छ ।
मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।













