तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन

1.09K
shares

काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राप्रपाले बल्खुमा प्रदर्शन गरेको छ । अहिले विभिन्न स्थानबाट भेला भएर नेताहरुले सम्बोधन गरिरहेका छन् ।

कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निकालिएको थियो । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो बोकेका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोकेका छन् ।

राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ ।

उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् ।