एकाविहानै दुर्घटनाको खबर, भक्तपुरमा पल्टियो गाडि, दुईजना घाईते
वि.सं.२०८१ चैत २८ बिहीवार ०९:२९
1.25K
shares
shares

काठमाडाैं । एकाबिहानै भक्तपुरबाट दुर्घटनाको खबर आएको छ ।
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।
तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडिमा ९ जना यात्रु रहेका थिए ।
आज काठमाडौं उपत्यका सहित देशभर वर्षा भईरहेको छ । वर्षाको समयमा सवारीसाधन चलाउँदा विशेष ख्याल गर्न समेत प्रहरीले सुझाएको छ । यो समयमा बाटो चिप्लिने हुने दुर्घटनाको जोखिम बढ्ने गर्छ ।












