नेपाल बार एशोसिएशनको महासचिवमा केदार कोइराला विजयी

2.43K
shares

काठमाडौं । नेपाल बार एशोसिएशनको महासचिवमा वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला निर्वाचित भएका छन् । कोइरालाले ४ हजार ८७४ मत प्राप्त गरे । यस्तै अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ र अधिवक्ता हरिशरण कार्कीले २४० मत पाए ।

बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् ।

उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालामा अनुसार मिश्रले ५०५२ र कोइरालाले ४८७४ मत प्राप्त गरेका हुन् ।