संचारमन्त्रीले गरे वंश गुरुङको प्रशंसा
वि.सं.२०८१ चैत २८ बिहीवार १६:४६
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वंश गुरुङको हुलाक टिकटमा पहिलो टाँचा लगाउन पाएकोमा गर्व महसुस भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वंश गुरुङले नेपाललाई स्वतन्त्र राख्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै त्यस्तो व्यक्तिको हुलाक टिकट प्रकाशन गर्न र टाँचा लगाउन पाउँदा गर्व लागेको बताए ।
उनले भने, ‘वंश गुरुङको जुन हुलाक टिकट हामीले प्रकाशन गरेका छौ, यो सामान्य कुरा भए पनि उहाँ सिन्धुलीगढीको लडाइँ जित्नका लागि महत्त्वपूर्ण भूमिकामा रहेको सेनापति हुन् । नेपाललाई स्वतन्त्र राख्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तिको हिसाबले वंश गुरुङको हुलाक टिकट प्रकाशन गर्ने काम म आफैले गर्न पाउँदा एकदमै गर्व महसुस भएको छ ।’
यस्तै, उनले वंश गुरुङ राष्ट्रिय विभूतिको हकदार भएको भन्दै राज्यले कुनै दिन राष्ट्रिय विभूतिहरूमा नाम थप्ने निर्णय गर्यो भने उनको नाम पर्नुपर्छ भनेर सबै लाग्नुपर्ने बताए ।












