उज्वेकिस्तान गएका सभामुख घिमिरे नेतृत्वको टोली स्वदेश फर्कियो

1.27K
shares

काठमाडौं । सभामुख देवराज घिमिरको नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन गएको टोली स्वदेश फर्किएको छ ।

उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो ।

त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रीत रहेको बताए ।

उनले भने, ‘व्यवस्थापकीय कामहरुलाई कसरी लान सकिन्छ, व्यवस्थापकीय कामहरुका अनुभवहरु अतिरिक्त समस्याहरु के के हुन् ? तिनिहरुलाई कसरी उच्चस्तरबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफलहरु भए । कतिपय समजदारी, कतिपय निस्कर्ष, कतिपय योजनाहरु पारित भए । मूलत : नीतिगत संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ भनेर १५० औँ महासभा केन्द्रित रहयो ।’

सभामुख घिमिरे नेपालको सबैभन्दा गम्भीर चुनौतीका रूपमा जलवायु परिवर्तन रहेको बिषय आफूले सभामा उठान गरेको बताए ।

असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको जानकारी दिए ।

विश्व समूदायमा नेपालले आकर्षण ढंगले आफ्नो उपस्थीति जनाएको भन्दै उनले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको बताए ।