दीपेन्द्रले बनाए अर्को विश्वकीर्तिमान
वि.सं.२०८१ चैत २८ बिहीवार २०:०४
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान थप गरेका छन् ।
आज सम्पन्न खेलपछि उनले धेरै बिना डक धेरै इनिङ्स खेल्ने अर्थात इनिङ शून्यमा आउट नभइकन खेल्दै उक्त कीर्तिमान बनाएका हुन् ।
उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन । यसको अर्थ अहिलेसम्म उनी शून्यमा आउट भएका छैनन ।
बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए ।
उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ ।
त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् ।












