बसिरले सानदार ब्याटिङ गरे तर उपाधि जिताउन सकेन

1.44K
shares

काठमाडौं । हङकङ टी२० आई सिरिजको उपाधि जित्न नेपाल असफल भएको छ ।

बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो ।

नेपालले सुरुवाती तीन विकेट चार बलको अन्तरमा गुमाएपछि टोली दबाबमा परेको थियो।

नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुग्गेयो । तर अन्तिम चार बलमा चार रन बनाउँन सकेन ।

उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।

पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन्। तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो। बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए।