मौसमले साथ दिँदा युएईमाथि नेपालको जित, डिएलएसबाट भयो निर्णय
वि.सं.२०८१ चैत ३१ आइतवार १७:५८
1.16K
shares
shares

काठमाडौं । पानी परेर खेल रोकिएपछि नेपालले आईसीसी यु–१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत युएईलाई पराजित गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट ५ रनले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो । सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो ।












