पूर्वराजाको भिडिओ सन्देशपछि एमालेले दियो यस्तो प्रतिक्रिया

975
shares

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शनिबार नयाँ वर्षका अवसरमा पूर्वराजाले सार्वजनिक गरेको भिडिओ सन्देशपछि बसेको एमाले सचिवालय बैठकले राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा गलत भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो ।’

तिनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ ।

एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ ।