रास्वपा महाधिवेशन फागुनसम्म सर्यो

1.26K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन १० महिना सरेको छ ।

वैशाखका लागि तोकिएको महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको हो ।

पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको छ ।