रघुजी पन्त शिक्षामन्त्री बन्दै

806
shares

काठमाडौं । विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।