भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

1.07K
shares

 

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।